आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

नेपाललाई लगातार सफलता

शुक्रबार, १९ फागुन २०७९, १३ : ३१
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले लगातार दुई ओभरमा विकेट लिएको छ ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले २२ औं ओभरको पाँचौं बलमा तेस्रो विकेट लिँदा २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले विकेट लिए । 

सोमपालले २२ औं ओभरको पाँचौं बलमा टोनी उरालाई ३९ रनमा कट एण्ड बोल्ड आउट गराएका हुन् ।  त्यस्तै २३ औं ओभरको अन्तिम बलमा कुशलले असाड भालालाई ११ रनमा एलबीडब्लू आउट गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप