रमण र अस्मिताको गीतमा पुष्प र गीताको रोमान्स
शुक्रबार, १९ फागुन २०७९, १४ : ४३
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक रमण रेग्मीको स्वर रहेको गीत ‘मुखै चिलाउनी’ सार्वजनिक गरिएको छ ।
दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का मोडल गीता ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी देखाउन खोजिएको छ ।
भिडियो गायक रमणको अफिसियल युट्युब च्यानल रमण रेग्मीबाट सार्वजनिक भएको हो ।