आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँची र पर्सामा दुईजना मृत फेला

शुक्रबार, १९ फागुन २०७९, १५ : ३९
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । शुक्रबार अर्घाखाँची र पर्सामा दुईजना मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा प्युठान नौबेनीका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका छन् । निर्माणको काम गर्दै आएका पुन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उता पर्सामा पनि एक वृद्ध मृत फेला परेका छन्  । जिल्लाको जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ स्थानीय चमरी खोलामा मृत अवस्थामा फेला परेका हुन् । मियाँ बुधबारदेखि घर परिवारको  सम्पर्कमा थिएनन् ।  प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा  उनको शव खोलामा  फेला पारेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप