आईसीसी विश्वकप लिग–२
नेपालको खराब सुरुवात
शुक्रबार, १९ फागुन २०७९, १६ : ३१
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले पहिलो पावर प्ले सकिँदा ३४ रन २ विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल डक आउट हुँदा ज्ञानेन्द्र मल्लले ६ रन बनाएर आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।