आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बहराइन र साउदी अरब एसीसी प्रिमियर कपमा छनोट

शनिबार, २० फागुन २०७९, १० : ३५
शनिबार, २० फागुन २०७९

काठमाडौँ । बहराईन तथा साउदी अरबले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् ।

एसीसी च्यालेन्जर कपको फाइनलमा स्थान बनाएका बहराईन र साउदी अरब छनोट भएका हुन् । च्यालेन्जर कपबाट छनोट भएर दुई टोली प्रिमियर कपमा सहभागी हुने नियम थियो ।  

एसीया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल सहित यूएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया यसअघि नै छन् ।

शुक्रबार भएको सेमिफाइनलमा बहराईनले थाईल्याण्डलाई ७८ रनले हराउँदै स्थान बनाएको हो । त्यस्तै साउदी अरबले भुटानलाई ९ विकेटले हराउँदै प्रिमियर कपमा छनोट भयो ।

पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

आगामी अप्रिलमा एकदिवसीय फम्र्याटमा नेपालमा आयोजना हुने एसीसी प्रिमियर कप पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप