आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजतन्त्र चाहिने भए पूर्वराजा ज्ञानेन्द्र पनि आन्दोलनमा आउनुपर्छ  : दुर्गा प्रसाईँ

शनिबार, २० फागुन २०७९, १७ : ०४
शनिबार, २० फागुन २०७९

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन् । राजतन्त्र पुनःस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् । यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊ लगायतका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे ।

उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखेका छन् । प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक दोहोर्याए । उनले भने, ‘म तपार्इंहरुलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनुपर्यो नि । हामीसँगै आउनु पर्यो । भिडनुपर्यो । हामीलाई साथ दिनुपर्यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्न् ।’

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने र रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप