आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोलामा डुबेर एक किशोरको मृत्यु

शनिबार, २० फागुन २०७९, १८ : २०
शनिबार, २० फागुन २०७९

पाल्पा । पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको रैनदेवी छहरा ७, बल्ढेङगढीस्थित कन्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो । मृत्यु हुनेमा १७ वर्षीय भिमबहादुर रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेका थिए । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव  उपरीक्षक  वीरेन्द्र थापाले रानाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको सूचना आएको बताए । राना रैनदेवी छहरा–७, बल्ढेङगढी जोग दमारका बासिन्दा हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप