आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य सामान्य वृद्धि

आइतबार, २१ फागुन २०७९, १० : ४२
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख २ हजार ८०० रुपैयाँ पुगेको हो । 

यस्तै आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको हो।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप