आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ स्ववियु र हाम्रा मुद्दाहरू

आइतबार, २१ फागुन २०७९, १२ : ००
आइतबार, २१ फागुन २०७९

निरंकुश पञ्चायत विरुद्ध निरन्तर खबरदारी गरेको र नेपालको राजनैतिक आन्दोलनमा नेतृत्वदायी भूमिकाको पृष्ठभूमि र नेतृत्व तयार गरेको छ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले । एउटा लामो कालखण्डपछि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति र कार्यतालिका घोषणा गरेको छ । 

यो सँगै देशव्यापी रुपमा स्ववियुको काम कर्तव्य र अधिकारसँग जोडेर यसको औचित्य र महत्त्वबारे विभिन्न बहस र छलफलहरु विश्वविद्यालय र विद्यार्थी संघसंगठनमा सुरु भएका छन् । यो बहसमा  स्ववियुको इतिहास, वर्तमान र भविष्यबारे सकारात्मक र नकारात्मक सबै कोणबाट छलफल र बहसहरु भइरहेका छन् । जुन आगामी चैत ५ गतेको स्ववियु निर्वाचनसम्म रहनेछ । 

यो बहस र छलफल स्वभाविक रुपमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) का लागि पनि त्यतिकै  महत्त्वपूर्ण छ । हाम्रो संगठन विद्यार्थीहरुको हक अधिकार र शैक्षिक सवाल, राष्ट्र राष्ट्रियताका सवालमा काम गर्ने गर्छ । त्यो संगै हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालमा अहिलेको दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य प्रणाली स्थापना गर्न चाहन्छ । 

पार्टी निकटको भातृसंगठन हुनुको नाताले पार्टीको नीति विचारबारे नयाँ पुस्तासंग छलफल गर्नु हाम्रो मुख्य दायित्व हो। त्यो सँगै अहिलेका हाम्रा विश्वविद्यालयको शिक्षा, गुणस्तर र प्रभावलगायत नेपालको शिक्षा, स्वास्थ र रोजगारीमा भएका समस्या, समाधान र विकल्पबारे युवा विद्यार्थीहरुसंग छलफल गर्नुपर्ने देखिन्छ । र, राजनीतिसंग दूर हुन खोज्ने पुस्तालाई राजनीतिसंग पनि हामी यो स्ववियु निर्वाचनमार्फतु निम्न विषयहरुमा विश्वविद्यालय, क्याम्पसहरुका युवा विद्यार्र्थीसंग छलफल गर्न चाहन्छौं।

क्याम्पसहरुका समस्या बारेः हामी स्ववियु निर्वाचनमार्फत् अहिले विद्यार्थी र क्याम्पसहरुले भोगिरहेको पठनपाठन, विषयगत शिक्षक र प्राध्यापकको समस्या आवश्यक पूर्वाधार विकास र व्यवस्थापन लगायतका विद्यार्थीहरुको क्षमता विकासका मुद्दाहरूलाई प्राथमिकताका साथ बहसमा लैजानेछौ। 

शिक्षा भएको निजीकरण र व्यापारीकरण विरुद्धको मोर्चाः यो स्ववियु निर्वाचनमार्फत् हाम्रो संगठन अहिलेको संविधानले ग्यारेन्टी गरेको शिक्षाको मौलिक हकलाई सुनिश्चित गराउन युवा विद्यार्थीमा बहस गर्नेछ । 
अहिले शिक्षामा देखिएको निजीकरण र व्यापारीकरणको अन्त्य हाम्रो प्रमुख मुद्दा हो । र, ठूला भनिएका पुँजीवादी देशहरुले समेत निःशुल्क गरेको शिक्षालाई नेपालमा ठूला पार्टीका नेताहरूको लगानीमा व्यापारको साधन बनाईनु अपराध हो । यसको निःशर्त राष्ट्रियकरण आजको आवश्यकता हो । यसबारे नयाँ स्ववियुमा व्यापक बहस र छलफल गरिनेछ ।

राज्यको नीति निर्माण विश्वविद्यालयः अहिले हाम्रो विश्वविद्यालयका नेतृत्व गर्ने उपकुलपतिदेखि प्राध्यापकसम्म नेताको ढोका धाएर आफ्नो गुजारा चलाउने जस्तो भएको छ, यो हद दर्जाको निकम्मापन हो । यसको ठाउँमा हामी यो स्ववियुमार्फत् अहिले राज्यमा देखिएका राजनैतिक, आर्थिक र सामाजिक मुद्दाहरुमा आफ्नो खोज अनुसन्धानमार्फत् विश्वविद्यालयले मार्गनिर्देशन गरोस् भन्ने चाहन्छौं । यसका प्राज्ञिक विश्वविद्यालय बनाउनु पर्दछ । नीतिनिर्मातामा स्ववियु हाम्रो मुद्दा हुनेछ ।

विश्वविद्यालय नेतृत्व निर्माणको प्रणालीबारेः हामी यो निर्वाचनमा विद्यार्थीहरु माझ अहिलेको विश्वविद्यालय नेतृत्व कथित भागबन्डाका आधारमा ठूला भनिएका दलबाट आफ्नो कार्यकर्ता भर्ना गर्ने प्रक्रियाको अन्त्य गर्न चाहन्छौं । यो प्रक्रियाले हाम्रो विश्वविद्यालयलाई दलहरुको भर्ती केन्द्रमा रुपान्तरण गरेको छ, जसले अहिले विश्वविद्यालय क्याम्पसहरुमा भयावह बेथिति जन्माएको छ ।

प्राध्यापक, कर्मचारीहरु अनियन्त्रित नियुक्ति, परीक्षा र नतिजामा अनियमितता, पाठ्यक्रम र आवश्यकता बीचको बेमेल, श्रोत साधनको दुरुपयोग जस्ता विषय यो दलीय भागबण्डाका कारणले संस्थागत गरेको छ । 
त्यसकारण विश्वविद्यालयको नेतृत्व भागबण्डाको आधारमा होइन, बरु क्षमता, योग्यता र निरन्तरताको आधारमा उत्कृष्टलाई दिनुपर्दछ । हामी यो बहस विद्यार्थि बीचमा खुला गर्नेछौं।

विश्वविद्यालय निर्माणबारेः हाम्रा विश्वविद्यालयहरुमा आज दिनानुदिन विद्यार्थीहरु घट्दै गएका छन् या भनौं हाम्रा क्याम्पसहरुमा विद्यार्थीको रुचि घट्दो छ । यसको मतलब हुन्छ, हाम्रा विश्वविद्यालयले आफूलाई समयानुकूल बनाउन सकिरहेको छैन । त्यसकारण विश्वविद्यालय यसका पाठ्यक्रमहरुलाई मौलिक, समयानुकूल र खोज तथा अनुसन्धानमुलक बनाउनुपर्ने हुन्छ, जसका लागि यसको प्रविधिमैत्री पूर्वाधार, क्षमतावान जनशक्तिको विकास र श्रोत साधनको समुचित प्रयोग परिचालन जरुरी हुन्छ । हामी यो स्ववियु निर्वाचनमा विद्यार्थीमाझ यी महत्त्वपूर्ण विषयमा बहस गर्नेछौं।

नयाँ राजनैतिक प्रणालीबारेः हामी यो स्ववियुमार्फत् युवा विद्यार्थीहरु बीचमा अहिलेको स्वतन्त्र प्रवृत्ति, ३० वर्ष देखिको अस्थिर राजनैतिक प्रणाली यसले नेपाली समाजको राजनीति, समाज र संस्कृति, अर्थतन्त्र र जीवनमा पारेको प्रभावबारे युवा पुस्तामा छलफल गर्नेछौं । र, यो प्रणालीको विकल्पमा समाजवादी व्यवस्था यसको राजनीतिक प्रणाली, अर्थतन्त्र र समाज र संस्कृतिबारे बहस गर्नेछौं।

यसरी हामी हाम्रो संगठन यो स्ववियु निर्वाचनमार्फत् नयाँ पुस्ताका युवा विद्यार्थीहरुबीच आफ्नो शैक्षिक अधिकार र अस्थिर राजनैतिक प्रणालीको विकल्पका साथै भूमण्डलीकृत साम्राज्यवादले विश्वव्यापी गरेको हस्तक्षेप पर्यावरणको संरक्षण, लागूऔषध दुव्र्यसनी, बेरोजगारी, महिला हिंसा, लगायत राष्ट्रियता र जनजीवनका सवालमा पनि काम गर्नेछ । 

आशा छ, यो अभियानले नयाँ पुस्ताका विद्यार्थीहरुलाई वैकल्पिक नेतृत्व र राजनीतिका लागि तयार गर्ने छ । यसका लागि नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)लाई देशव्यापी रुपमा क्याम्पसहरुमा सहयोग गर्न हुन अनुरोध छ ।
लेखक नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश सी
प्रकाश सी
लेखकबाट थप