आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आयो होली !
फोटोफिचर

आयो होली !

आइतबार, २१ फागुन २०७९

होलीलाई खुसी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रूपमा लिइन्छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो ।

पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुको भक्त रहेको र हिरण्यकश्यपुलाई यो कुरा मन नपरेपछि आफ्नी बहिनी होलिकामार्फत प्रह्लादलाई अग्निमा जलाएर मार्ने योजना बनाएका थिए । अग्निमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई आफ्नै काखमा राखेर अग्निकुण्डमा बस्ने योजना बनाइन् । तर, अग्निकुण्डमा बस्नासाथ होलिका जलेर मरेको तर प्रह्लाद सकुशल रहेको मान्यता छ । फागुन शुक्ल पूर्णिमाको रातमा राक्षसरुपी होलिका दहन भएको र सोही दिनको सम्झनास्वरुप फागुन पूर्णिमामा रङ खेलेर खुसी आदानप्रदान गर्ने परम्परा सुरु भएको हो ।

होली नजिकिएसँगै होलीमा प्रयोग हुने रङ्ग, टिसर्ट र पिचकारीको व्यापार बढेको छ | काठमाडौँको असन र इन्द्रचोकका बजारहरूमा होलीको अघिल्लो दिन होलीका सामान किन्नेहरूको भिड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया