आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'गण्डकी प्रदेश'को वृत्तचित्र सार्वजनिक

आइतबार, २१ फागुन २०७९, १६ : २२
आइतबार, २१ फागुन २०७९

नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रूपमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने उद्देश्यसहित तयार भएको 'गण्डकी प्रदेश'को वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ । चलचित्र छायाङ्कनको लागि खुल्ला स्टुडियोको रूपमा नेपाललाई प्रवर्द्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो । करिब १० मिनेट लम्बाई रहेको यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख छायाङ्कन सम्भावित स्थलहरू समेटिएको छ । यो वृत्तचित्र सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचार-प्रसार हुनुपर्ने आवश्यकता महसुस गरी बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब ईमिरेट्समा भएको 'नेपाल चलचित्र फेस्ट'मा प्रदर्शन गरिएको थियो । बोर्ड अध्यक्ष भुवन केसीले यस प्रकारले सातै प्रदेशमा रहेका छायाङ्कन सम्भावित क्षेत्रहरूलाई समेटेर श्रव्यदृश्य सामग्री बनाउँदै जाने बताए ।

नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारको गहिरो चासो रहेको र सोही अनुरूप चलचित्र विकास बोर्डले काम गरिरहेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप