आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरको छतबाट खसेर एक पुरुषको मृत्यु

आइतबार, २१ फागुन २०७९, १७ : ३९
आइतबार, २१ फागुन २०७९

रूपन्देही । रुपन्देहीमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । आइतबार बुटवल उपमहानगरपालिका– ६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाहको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

घरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप