आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

रंगहरूको पर्व होली

सोमबार, २२ फागुन २०७९, ०७ : १३

रंगहरूको पर्व हो, होली
सद्भाव र रंगको पर्व हो, होली  
असत्यमाथि सत्यको विजयको 
खुशियालीमा मनाउँछौ होली
फागुन शुक्ल पूर्णिमाको दिन हुन्छ होली
एकापसमा रमाइलो गरेर 
रंग अबीर लगाई खेलौं होली
खेल्ने चाह नभएकासँग 
नखेलौ कसैले जवर्जस्ती होली
अरुको इच्छा विपरीत, 
नलगाआंै कसैले रंग अबीर  
अरुको इच्छा विपरीत, 
नहानौ कसैले लोला ।

जोसँग मिल्छ मन र बोली
उसैसँग मात्र खेलौ होली, 
होलीमा होऔं सबै दंग
कलह र झगडा नबनोस् कसैसँग 
होलीको कारणले कोही दुर्घट्नाका सिकार नबनोस् 
एक छिनको रमाईलोले पछुताउन नपरोस् 
भोग्न नपरोस् पीडा, जीवन भर कसैले पनि 
नखेलौ कसैले उच्छ्ङ्खल भई, होली
नफैलाऔ विकृति, सम्झनायोग्य बनाऔं होली पर्वलाई   
जगेर्ना गरौ सधैँ सबैले, आफ्नो धर्म र संस्कारलाई । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अच्युत मान सिंह प्रधान ‘उत्सुक’
अच्युत मान सिंह प्रधान ‘उत्सुक’
लेखकबाट थप