आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेता खनालबीच भेटवार्ता

सोमबार, २२ फागुन २०७९, ०९ : ३६
सोमबार, २२ फागुन २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनालको निवास डल्लुमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको पौडेलेको सचिवालयले जनाएको छ ।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिबारेमा छलफल भएको पौडेलको सचिवालयको भनाइ छ । पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन् । पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप