आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने, ‘आम निर्वाचनमा चीनको हस्तक्षेपको अनुसन्धान गराइनेछ’

मङ्गलबार, २३ फागुन २०७९, १० : ०३
मङ्गलबार, २३ फागुन २०७९

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैको चुनावमा कथित चिनियाँ हस्तक्षेपको स्वतन्त्र अनुसन्धान गराइने बताएका छन् । यसका लागि नियुक्त अनुसन्धानकर्ता सन् २०१९ र २०२१ को आम निर्वाचनसँग जोडिएको गोप्य रिपोर्टको समीक्षा गरिने र भविष्यमा हुने चुनावका लागि सुझाव दिनेछन् ।

क्यानडाको विपक्षी पार्टी यो घटनाको सार्वजनिक अनुसन्धान गराउनुपर्ने माग गरिरहेको थियो । यद्यपि, चीनले चुनावका कुनै पनि खालको हस्तक्षेपको अस्वीकार गरेको छ र यी दाबीलाई पूर्ण रूपमा निराधार र अपमानजनक बताएको छ ।

सोमबार पत्रकारसँगको कुराकानीमा ट्रुडोले क्यानडाको ‘सम्प्रभुता’ लाई चुनौती दिने रिपोर्ट अचम्मित पार्ने खालको छ र एक क्यानेडेलीको रूपमा यो हामीमाथि हमला गरेजस्तो हो ।

ट्रुडोले भनेका छन्, ‘क्यानडा निकै लामो समयदेखि चीनका साथै इरान र रुसको चुनावमा हस्तक्षेपकारी भूमिकासँग सचेत छ र यो कुनै नयाँ समस्या होइन ।’

उनले थपे, ‘म एक विशेष स्वतन्त्र अनुसन्धानकर्ता नियुक्त गर्दै छु जसलाई अधिकांश मानिसको समर्थन हुनेछ र जसले हस्तक्षेपसँग जुध्नका लागि सुझाव दिनेछन् र हाम्रो लोकतन्त्रलाई सुदृढ गर्नेछन् ।’

अनुसन्धानकर्ताको नियुक्ति हाल भएको छैन तर अबको केही दिनमा एक स्वतन्त्र अनुसन्धानकर्ता छानिनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप