आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया लघुवित्तले बोनस सेयर नदिने, १४.७५ प्रतिशत नगद प्रस्ताव

मङ्गलबार, २३ फागुन २०७९, १० : २९
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । कम्पनीको १६८औँ सञ्चालक समितिको बैठकबाट आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव दर्ता गरेको हो ।

सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको उक्त प्रतिशत नगद लाभांश वितरण हुनेछ ।

१४.७५ प्रतिशतका दरले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाको बैठकले पारित गरेपछि मात्रै लागु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप