आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैनन्ः प्रा.डा. वाग्ले

मङ्गलबार, २३ फागुन २०७९, १७ : ०१
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । मंगलवार काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताए । उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशम कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने बताए । 

उनले भने,‘नेपालमा जति पनि वाणिज्य दिगोपनको लागि नीतिहरु बनिरहेका छन् । त्यस्ता नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैन । त्यस्ता नीतिलाई परिवर्तन नगरी नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन् । कुन आकारमा निर्यात हुन्छ । अहिलेसम्म सरकारले बनाएका नीतिहरु के भएर फेल भए भन्ने बारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रश्तुत हुन्छ । नेपालको हकमा व्यापारको धेरै चासोको विषय छ । नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्नेछ । सबै अनियमितता,न्युन विजकिकरण हेर्दा कुल गार्हस्थ्य उत्पादनको प्रतिशत जतिकै व्यापार घाटा हुने देखिन्छ । कुनैपनि रुपमा दिगो छैन । यो आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण छ ।'

उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप