आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘छक्का पन्जा ४’ को नयाँ गीत ‘सिरुपाते जुँगामा’

मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ले देशभर राम्रो व्यवसाय गरिरहेको छ । फिल्मकोव्यवसायमा थप बल पुर्याउन निर्माण युनिटले नयाँ गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक गरेको छ । मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, शंकर अधिकारीको शब्द र बाबुलकै संगीत तथा संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ । हेमराज विसीको निर्देशन रहेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाको रुपमा उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया