आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा तीन जनाको शव फेला

मङ्गलबार, २३ फागुन २०७९, १९ : ०६
मङ्गलबार, २३ फागुन २०७९

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा तीन जनाको शव फेला परेको छ । सुर्खेत, हुम्ला र रुकुम पश्चिम गरी तीन  जिल्लामा तीन जनाको शव फेला परेको हो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतको लेकबेशी नगरपालिका–६ स्थित भेरी नदीको किनारमा एक महिलाको शव फेला परेको छ । 

महिलाको शव देखेपछि स्थानीयले प्रहरी चौकी रामघाट सुर्खेतमा जानकारी गराएका थिए । उक्त चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव नदीबाट निकालेको थियो । उक्त शव भेरीगंगा नगरपालिका–४ बाहुने चौर बस्ने ७२ वर्षीय जैसरा भाट खत्रीको रहेको मृतकको छोरा जीतबहादुर खत्रीले घटनास्थलमा गई सनाखत गरेको प्रहरीले जनाएको छ ।

यस्तै, हुम्लाको सर्केगार्ड गाउँपालिका–२ उनापानी स्थित कर्णाली नदीको किनारमा पुरुषको शव फेला परेको छ । कर्णाली नदीको किनारामा शव देखेपछि खार्पुनाथ गाउँपालिका–४ नल्लाका सुरेन्द्र शाहीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनको पहिचान खुल्न सेकेको छैन । 

यस्तै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ गोरे भिरमा पनि एक जनाको शव फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ४०/४२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप