आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिग-२ : नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

मङ्गलबार, २३ फागुन २०७९, २० : १६
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग-टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । 

मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो । लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्किएको छ ।  युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । पपुवान्युगिनी र घरेलु टोलीसँग समान २÷२ खेल खेलेको थियो । 

जसमा पपुवान्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो । नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ । 

नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवान्युगिनीसँग खेल्नेछ । 

मार्च १२ (फागुन २८) मा युएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २) मा युएईसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप