आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रामकृष्ण ढकालको ‘भिझाएर आँशु’ मा सुरवीर र हिउँवाला

बुधबार, २४ फागुन २०७९, ०८ : ०८
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘भिझाएर आँशु’ सार्वजनिक भएको छ । कुमार सिवाकोटीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत दिएका छन् ।

फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा नेपाली समाजका दुई पुस्ताबीचको द्वन्द्वको कथा समेटिएको छ । भिडियोमा सुधीर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय छ ।

सुजन श्रेष्ठको छायाङ्कन, विष्णु खड्काको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । दुई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार सिवाकोटीका यस अगाडि ‘जहाँ भए नि नेपाली बन्न पाइयोस’ र ‘सानीलाई’ बोलका गीत दर्शक श्रोता माझ लोकप्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप