आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालोमोसो दल्ने प्रसाईंको आन्दोलनमा हाम्रो समर्थन छैन : व्यवसायी

बुधबार, २४ फागुन २०७९, ११ : ५०
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । बैंकको ब्याजदर वृद्धि विरुद्ध आन्दोलनरत व्यवसायीहरुले दुर्गा प्रसाईंको ब्याज नतिर्ने आन्दोलनमा आफूहरुको साथ नरहेको बताएका छन् । देशभरका  ९ वटा महासंघ र ५२ वटा संघ मिलेर बनेको संघर्ष समितिका संयोजक नरेश कटुवालले प्रसाईले सुरु गरेको आन्दोलनमा आफुहरुको साथ नरहेको बताएका हुन् । यतिबेला व्यवसायी दुर्गा प्रसाईँले बैंकहरुको ब्याजदर नतिर्ने र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने अभियान सुरु गरेका छन् । यहीको परिणामस्वरुप जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको छ ।

प्रसाईँले ब्याज नतिर्ने र ऋण मिहना गर्नुपर्ने घोषणा सहि देशव्यापी अभियान सुरु गरेपछि यसअघि देखि नै आन्दोलनमा रहेका व्यवसायीले भने साथ नरहेको बताएका हुन् । रातोपाटीसँगको कुराकानीमा आफूहरुको आन्दोलन ब्याज महँगो भएको र संकटको समयमा ऋण र ब्याज तिर्ने समय थपनुपर्ने विषयमा केन्द्रीत भएको कटुवालले बताए ।

कटुवालको नेतृत्वमा संघर्ष समितिले २ पटक बैंकविरुद्ध आन्दोलन गरिसकेको छ । तर, आफुहरुको आन्दोलनको मूल उद्देश्य ब्याज र सावा नै नतिर्ने भन्ने नरहेको कटुवालको भनाइ छ । ‘व्यवसायीहरु सावा र ब्याज तिर्न चाहन्छन् । तर, संकटको समयमा बैंकले समस्यामा पार्न भएन भन्ने मात्रै हो,’ कुटवालले भने, ‘व्यवसायीहरु बैंकको रकम सुरक्षित राख्न चाहन्छन् र बैंक डुब्नबाट रोक्न चाहन्छन् । संकटको समयमा राहत मागेको मात्रै हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप