आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शर्मा

बुधबार, २४ फागुन २०७९, १३ : १६
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरु कार्यन्वयन हुन नसक्ने चुनौती भएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै शर्माले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने बताइन् । 

सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादकत्व, अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागी सहित सारभूत समानता कायम गरी लैंकगिक न्याय र समानतामुलक राष्ट्र निर्माण गर्ने कार्यमा सबैको ध्यान पुग्न जरुरी रहेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । सूचना प्रविधिको विकासले महिलालाई जीवनयापनमा सहज बनाएको भएपनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसेकको शर्माले बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप