आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कलाकार र खेलाडीलाई निजामती अस्पतालमा उपचार छुटको व्यवस्था गर्ने तयारीमा छु : मन्त्री मोदी

बुधबार, २४ फागुन २०७९, १५ : ५१
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती अस्पतालमा राष्ट्रिय कलाकार र राष्ट्रिय खेलाडीलाई उपचारमा छुटको व्यवस्था गर्ने तयारीमा रहेको बताएका छन् । 

बुधबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री मोदीले निजामती अस्पतालको पुर्नसंरचनाको पक्षमा रहेको बताउँदै निजामती कर्मचारीलाई उपचारमा दिइने छुट अनुसार राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी र राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत कसरी दिन सकिन्छ त्यसबारेमा अध्ययन गरिरहेको जानकारी दिए । 

उनले भने, ‘जीवनभरि राष्ट्रका लागि योगदान गरेका कलाकार, खेलाडी उपचार गर्न नसक्ने अवस्थामा निजामती अस्पतालमा छुटमा उपचार गराउन नीतिगत व्यवस्था कसरी गर्न सकिन्छ त्यसका लागि लागिपरेको छु । यस्तै राष्ट्रिय व्यक्तित्व रहेका, स्थानीय तहका जनप्रतिनिधि, बेपत्ता परिवारका सदस्यलगायत कतिलाई सकिन्छ, त्यस्ता वर्ग र क्षेत्रका व्यक्तिहरूलाई सहुलियतमा उपचारको व्यवस्था गर्ने सोचाई लिएर अघि बढिरहेको छु ।’

मन्त्री मोदीले निजामती अस्पतालकाठमाडौँमा मात्र रहेकोले यसलाई प्रदेश स्तरमा पनि विस्तार गर्ने सोचमा रहेको उनले बताए ।

उनले आफ्नो मन्त्रालयको पनि पुर्नसंरचनाको तयारीमा रहेको बताएका छन् । एउटै पदमा कुनै कर्मचारी लामो समयदेखि बसेको भए त्यस्तो ठाउँ परिवर्तन गर्ने, परम्परादेखि चलिआएको मन्त्रालयको शैलीमा परिवर्तन गर्न लागेको पनि उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप