ओपनरको अर्धशतकीय साझेदारीमा नेपालको राम्रो सुरुवात
बिहीबार, २५ फागुन २०७९, १० : २०
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । हालसम्म नेपालले कुनै पनि विकेट नगुमाई ५० रन पूरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १२ ओभरमा कुनै पनि विकेट नगुमाई ५६ रन बनाइसकेको छ ।
ओपनर कुशल भुर्तेल २३ रन बनाएर खेलिरहेका छन् भने आशिफ शेखले ३१ रन बनाएका छन् ।