आईसीसी पुरुष क्रिकेट विश्वकप
नेपालको पहिलो झट्का, कुसल ४५ रन बनाएर आउट
बिहीबार, २५ फागुन २०७९, १० : ५३
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुसल भुर्तेल ४५ रन बनाएर क्याच आउट भएका हुन् ।
नेपालका लागि अहिले आसिफ शेख ६१ रन बनाएर कृजमा छन् भने कुशल मल्लले उनलाई साथ दिरहेका छन् ।