आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

बिहीबार, २५ फागुन २०७९, १५ : ३६
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । सन्दीप लामिछानेले नेपालका लागि आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले आफ्नो ३३ औं ओभरमा दुई विकेट गुमायो । 

सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरी हिरीलाई बोल्ड आउट गराएका हुन् । हिरी हिरीले ८ रन बनाए । सन्दीपले नै ३३ औं ओभरको तेस्रो बलमा काड सोपरलाई क्याच आउट गराए ।  पीएनजीले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १५३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप