आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस सरकार बनाउने र भत्काउने खेलमा लाग्दैन : धनराज गुरुङ

बिहीबार, २५ फागुन २०७९, १७ : ५७
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ८ दलीय गठबन्धनबाट स्थिर सरकार बनाउने बताएका छन् । राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले ८ दलीय गठबन्धन पाँच वर्ष जाने बताए ।

उनले भने, ‘यो गठबन्धन पाँच वर्ष टिक्नुपर्छ । सरकार बनाउने र भत्काउने खेलामा कांग्रेस जाँदैन । ढुक्क भए हुन्छ ।’  कांग्रेससँग सहकार्य गरेर जान सकिन्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिबारे उनले आफ्नो कुनै टिप्पणी नभएको बताए । तर कांग्रेस यही गठबन्धनलाई अगाडि लिएर जाने कुरामा प्रस्ट रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप