आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं : प्रवक्ता महत

बिहीबार, २५ फागुन २०७९, १८ : १४
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अवसरवादी पार्टी नभएको बताएका छन् । राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँग उनले ८ दलीय गठबन्धन अगाडि बढ्ने बताए । ‘नेपाली कांग्रेस पार्टी अवसरवादी पार्टी होइन । हामीले बोलेपछि पुरा गर्छौँ । आठ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउनुपर्छ ,’ उनले भने ।

संविधानको धारा ७६ को उपधारा ३ मा गएर संसदको पहिलो दलको हैसियतले प्रधानमन्त्री बन्न खेलमा कांग्रेस नलाग्ने उनको भनाइ छ । सरकार फेर्ने खेलमा नलाग्ने भन्दै जनताको समस्या समधान गर्नतिर ध्यान दिने महतले बताए । उनले भने, ‘जनताले सुशासनको अपेक्षा गरेका छन् । आर्थिक मन्दी छ । जनता अप्ठ्यारोमा छन् । साना लगानीकर्ता मारमा छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप