आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सूचना नदिने प्रशासकीय अधिकृत साहलाई १५ हजार जरिवाना

शुक्रबार, २६ फागुन २०७९, ०८ : ०९
शुक्रबार, २६ फागुन २०७९

सप्तरी । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना गराएको छ। आयोगले कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही स्वरुप १५ हजार जरिवाना गराएको हो।

सूचना उपलब्ध गराउन आयोगबाट निर्देशन दिँदासमेत मागकर्तालाई सूचना नदिएपछि कारबाही गर्नु परेको आयोगले जनाएको छ। आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम साहलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप