आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : आज दुई खेल हुँदै

शुक्रबार, २६ फागुन २०७९, ०९ : ५९
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरू हुँदै छन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रवार दुई खेल हुनेछन् ।

एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लवबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो २ः३० बजे हुनेछ । 

दशरथ रङ्गशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप