आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवकै उम्मेदवारी दर्ता गछौँ : उपेन्द्र यादव

शुक्रबार, २६ फागुन २०७९, १३ : ४६
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति उम्मेदवारमा पार्टीका रामसहायप्रसाद यादवको नाम दर्ता गरिने बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति हुन फरक लिंग वा समुदायको व्यवस्था भएकाले उपराष्ट्रपतिमा यादवले उम्मेदवारी दिने यादवले बताए ।

 ‘निर्वाचन आयोगले महिला अनिवार्य भनेको थाहा छैन । निर्वाचन आयोगको विज्ञप्तिमा पनि छैन । लिङग वा फरक समुदाय भनिएको छ । संविधान र निर्वाचन ऐनमा त्यहीँ छ’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘फरक लिङग वा समुदाय भनेको रामचन्द्र पौडेल र रामसायहप्रसाद यादव एउटै समुदाय होइनन् ।’ तर, निर्वाचन आयोगका प्रमुख निर्वचन आयूक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति महिला उम्मेदवार हुनुपर्ने बताएका छन् ।

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको नभएमा उम्मेदवारी दर्ता नगर्न निर्देशन दिइसकेका छौं । उम्मेदवारी नै दर्ता हुँदैन’ रातोपाटीसँग कुरा गर्दै थपलियाले भने, ‘उहाँहरुले बनाएको व्यवस्थालाई हामीले कार्यन्वयन गरेका हौं ।’ उपराष्ट्रपतिको शनिवार उम्मेदवारी दर्ता भई चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप