सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रकृतिका लागि दयाहाङको मुटु भरिभराउ !

शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । वर्षकै प्रतीक्षित फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर छ ।

अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृति प्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ ।

प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिकाको अलवा  श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय छ । केही दिनअघि सार्वजनिक फिल्मको टिजरमा प्रकृति सरकारी अधिकृत र दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको थियो । टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पटुल्न सफल भएको छ । 

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ वर्ष २०८० को उपहार स्वरुप पस्कन लागिएको हो ।

‘बिहे पास’ फिल्म वितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोस्रो फिल्म हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया