आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपेन्द्रको संसद्‍ ‘इन्ट्री’मा सकस

शनिबार, २७ फागुन २०७९, ११ : ५९
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट प्रतिनिधि सभा सदस्य बनेका रामसहाय यादवलाई उपराष्ट्रपनि बनाएर उपचुनावमार्फत संसद्‍मा आउने योजनामा ब्रेक लाग्न सक्ने देखिएको छ । उपराष्ट्रपतिमा महिलालाई उम्मेदवार बनाउनुपर्ने विषयमा विवाद उत्पन्न भएपछि प्रतिनिधि सभा सदस्य रामसहाय यादव उपराष्ट्रपति बन्ने सम्भावना कम बन्दै गएको हो । 

शनिबार बिहान बालुवाटारमा बसेको १० दलको बैठकमा समेत निर्वाचन आयोगले महिला नै हुनुपर्ने भनिरहेको बेला यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर रिश्क लिन नहुने धारणा राखेका थिए । यादवलाई उम्मेदवार बनाउँदा आयोगले अस्विकार गरेको खण्डमा अन्य महिला उम्मेदवारलाई मतदान गर्न बाध्य हुने कुरा बैठकमा नेताहरुले राखेका थिए । उपराष्ट्रपतिको उम्मेदवार महिलालाई नै बनाउन नेताहरुले सुझावसमेत दिएका थिए ।

त्यो कुराबाट कन्भिन्स भएर अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलबाट महिला र पुरुष गरी दुईजनाको उम्मेदवारी बनाउने तयारी गरेका छन् । यदि जसपबाट महिला उम्मेदवारलाई आयोगले मान्यता दियो भने अध्यक्ष यादव संसद्‍मा फर्कन पाउने छैनन् । 

तर संविधानमा उपराष्ट्रपतिमा फरक–फरक लिङ्ग वा सामुदाय भने अनुसार यदि पुरुषलाई मान्यता दियो भने मात्र उपेन्द्र यादवलाई संसदमा आउने बाटो खुल्न सक्छ । अधयक्ष यादवले आफू संसद्‍मा आउनकै लागि रामसहाय यादवलाई संसदबाट राजीनामा दिन लगाएर उपराष्ट्रपति बनाउन खोजेका छन् । तर पछिल्ले समय परस्थिति बदलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप