उपराष्ट्रपति निर्वाचन
ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्दै
शनिबार, २७ फागुन २०७९, १२ : १६
काठमाडौँ । जनमत पार्टीकी नेतृ ममता झा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् । सत्तारुढ १० दलहरुको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि झाले उम्मेदवारी गर्न बानेश्वर पुगेकी हुन् ।
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको पार्टी अध्यक्ष सीके राउतले जानकारी दिएका थिए ।