आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्लासिको अघि रियलको पुनरागमन जीत

आइतबार, २८ फागुन २०७९, ०९ : ५९
आइतबार, २८ फागुन २०७९

मड्रिड । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले ला लिगामा एस्पानियोललाई ३–१ गोलले पराजित गरेको छ । लिगमा पछिल्ला ३ खेलमा रियलको यो पहिलो जीत थियो ।

शनिबार साँझ भएको खेलको आठौँ मिनेटमा नै रियल पछि परेको थियो । जोसेलुले एस्पानियोललाई अप्रत्यासित अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा भिनिसियस जुनियर र एडर मिलिटाओले गोल गर्दै रियलमा खेलमा फर्काएका थिए । खेलको इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई सहज जीत दिलाए ।

एक खेल बढी खेलेको रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछि रहेको छ । अर्को हप्ता रियलले एल क्लासिकोमा बार्साको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप