आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी बैंक बन्द भएपछि इजरायलका प्रधानमन्त्रीले भने, ‘प्राविधिक जगतमा गहिरो सङ्कट’

आइतबार, २८ फागुन २०७९, १० : ५४
आइतबार, २८ फागुन २०७९

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले अमेरिकामा सिलिकन भ्याली बन्द भए कारण प्राविधिक जगतमा ‘गहिरो सङ्कट’ पैदा भएको बताएका छन् ।

अमेरिकी इतिहासमा दोस्रो पटक कुनै बैङ्कमा यसरी ताल्चा लगाइएको हो । यसमा इजरायलका प्रधानमन्त्रीले आफूले स्थितिमाथि नजिकबाट निगरानी गरिरहेको बताए ।

नेतन्याहुले अमेरिकी बैङ्क बन्द भएपछि इजरायलको प्राविधिक जगतका शीर्ष व्यक्तिहरूसँग सम्पर्कमा रहेको पनि बताए ।

उनले आवश्यक पर्दा सरकारले त्यस्ता इजरायली कम्पनी, जसको गतिविधिको केन्द्र इजरायल हो र यस उथलपुथलका कारण नगद प्रवाहको सङ्कट पैदा भएकालाई सहयोग गर्ने बताएका छन् ।  

israelयद्यपि उनले इजरायलको अर्थतन्त्र बलियो र स्थिर रहेको पनि बताए ।

नेतान्याहु अहिले औपचारिक भ्रमणमा रोममा छन् । उनले स्वदेश फर्किएपछि अर्थमन्त्री, आर्थिक मामिलाका सल्लाहकार, केन्द्रीय बैङ्कका गभर्नरसँग बसेर सङ्कटको गम्भीरताबारे छलफल गर्ने बताए ।

सिलिकन भ्याली बैङ्क बन्द भएपछि प्रविधिको दुनियाँमा त्रासको वातावरण सिर्जना भएको छ । यस बैङ्कको बेलायत, इजरायल लगायत अन्य धेरै देशहरूमा पनि शाखाहरू रहेका छन् ।

अमेरिकी नियामकहरूले शुक्रवार आर्थिक सङ्कट सामना गरिरहेको यो लगानी बैङ्क बन्द गर्ने घोषणा गरेका थिए ।

हाल यस बैङ्कको रिसिभरको रूपमा युएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) नियुक्त गरिएको छ, जसले थप काम गर्नेछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप