आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

नेपालद्वारा यूएईलाई २४९ रनको लक्ष्य

आइतबार, २८ फागुन २०७९, १३ : १७
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २४८ रन बनायो । 
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे । 

त्यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुलशन झाले ३७ रनको योगदान गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा भिम सार्कीले २९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  यूएईका लागि जाहोर फ्रिद, आयान खान र रोहन मुस्तफाले दुई–दुई विकेट लिए । त्यस्तै आर्यन लाकर, जुनेद सिद्धकी र जाहोर खानले एक–एक विकेट लिए । 

आजको खेलमा नेपाल जित निकाल्दै एक दिवसीय मान्यता जोगाउनसँगै सोझै विश्वकप छनोटमा स्थान बनाउने अवसरलाई सदुपयोग गर्न चाहन्छ ।  लिग–२ मा ३३ खेल खेलेको नेपाल ३४ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । यूएई ३३ खेलबाट ३१ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप