आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा माओवादी केन्द्र मधेश प्रदेशको बैठक

आइतबार, २८ फागुन २०७९, १३ : ५६
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेश समन्वय समितिको दोस्रो दिनको बैठक चलिरहेको छ । माओवादी केन्द्रले मधेश प्रदेशमा देखिएको सांगठनिक समस्यालगायत अन्य विषयमा छलफल गर्नका लागि मधेश प्रदेशका केन्द्रीय सदस्यहरुलाई काठमाडौँ बोलाएर नै छलफल सुरु गरेको हो । 

बैठक हिजोदेखि पेरिसडाँडामा चलिरहेको छ । मधेश प्रदेशमा हालसम्म समिति बन्न सकेको छैन । प्रदेश समितिदेखि जिल्ला समिति पनि बन्न सकेको छैन । प्रदेश समिति बनाउनका लागि पटक–पटक प्रयास भयो तर आन्तरिक विवादका कारण समिति बन्न सकेन ।

कतिपय जिल्लामा जिल्ला समिति बनेर जिम्मेवारी पनि बाँडफाँट भएपनि  विवाद कायमै छ । समितिले पूर्णता पाएको छैन । मधेश प्रदेशमा आन्तरिक विवादकै कारण माओवादी चुनावमा सबैभन्दा कमजोर पार्टी बनेको गुनासो नेताहरुले गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप