आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौं सफलता

आइतबार, २८ फागुन २०७९, १५ : ०२
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौंं सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १८ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको हो । 

नेपालका सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराए । फारिदले २ रन बनाए । 

यसअघि नेपालका लागि ललित राजवंसीले छैटौं विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप