पेट्रोलियम पदार्थको कारोबारी आयल निगमले नै किन्यो विद्युतीय सवारी
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको आयात र बिक्रीको एकलौटी अधिकार पाएको नेपाल आयल निगमले नै विद्युतीय सवारी किनेको छ । निगमले चिनियाँ कम्पनीले निर्माण गरेको विद्युतीय सवारी वीवाईडी खरिद गरेको हो ।
निगमका प्रवक्ता विनितमणी उपाध्याय अनुसार निगमले आह्वान गरेको बोलपत्रअनुसार तीन वटा कम्पनीको बीड परेको थियो । त्यसमध्ये सबैभन्दा न्यून मूल्यमा परेको बीडअनुसार वीवाईडीको विद्युतीय कार किनेको उपाध्यायले बताए ।
सम्झौताअनुसार वीवाईडीले आज निगमलाई ३ वटा सवारी हस्तान्तरण गरेको छ । निगमले महँगो पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित विद्युतीय सवारी किनेको हो । महँगो मूल्यमा खरिद गरेर ल्याएको पेट्रोलियम पदार्थको खपत घटाउने योजना चालू आर्थिक वर्षको बजेटमै समेटिएपेट्रोलियम पदार्थको कारोबारी आयल निगमले नै किन्यो विद्युतीय सवारीको छ ।
निगमले प्रति युनिट ५९ लाख रुपैयाँमा वीवाईडीका सवारी खरिद गरेको उपाध्यायले जानकारी दिए ।