आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेतान्याहुको प्रस्तावविरुद्ध इजरायलमा अहिलेसम्मकै 'सबैभन्दा ठुलो' प्रदर्शन

आइतबार, २८ फागुन २०७९, २० : १०
आइतबार, २८ फागुन २०७९

तेल अभिभ । इजरायलमा हजारौँ मानिस सरकार विरोधी प्रदर्शनमा सहभागी भइरहेका छन् । यसलाई देशको इतिहासकै सबैभन्दा ठुलो आन्दोलन भनिएको छ ।

इजरायली सरकारले देशको न्यायिक प्रणालीमा ठुलो परिवर्तनको योजना प्रस्ताव गरेपछि देशमा विगत १० हप्तादेखि विरोध प्रदर्शन भइरहेको छ। हाइफा जस्ता सहरहरूमा, प्रदर्शनकारीहरू रेकर्ड स्तरमा सरकार विरुद्ध सडकमा उत्रेका छन्, जबकि राजधानी तेल अभिभमा, करिब २ लाख मानिसहरूले यी प्रदर्शनहरूमा भाग लिएका छन्।

सरकारको प्रस्तावित परिवर्तनले देशको लोकतन्त्रलाई कमजोर बनाउने आलोचकहरू बताउँछन् । तर बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको सरकारले यो मतदाताका लागि राम्रो हुने बताएको छ ।

आयोजकहरूले शनिबार देशका धेरै भागहरूमा विरोध प्रदर्शनहरू भएको जनाएका छन् जसमा ५ लाख मानिसहरू सहभागी थिए। इजरायली अखबार हारेट्जले प्रदर्शनलाई ‘देशको इतिहासमा सबैभन्दा ठुलो विरोध प्रदर्शन’ भनेको छ। देशको दक्षिणमा बेयर शेवामा आयोजित एक प्रदर्शनको क्रममा विपक्षी नेता यायर लापिडले देश ‘इतिहासमा सबैभन्दा गम्भीर संकटको सामना गरिरहेको बताए ।

इजरायली संसदले न्यायिक परिवर्तन सम्बन्धी विधेयकको पहिलो प्रस्ताव पारित गरिसकेको छ। फेब्रुअरी २१ को मध्यरातमा भएको मतदानमा संशोधनको पक्षमा ६३ र विपक्षमा ४७ मत परेका थिए । सरकारल् यी सुधारहरू मार्फत सर्वोच्च अदालतले आफ्नो शक्तिको अत्यधिक प्रयोग नगर्ने सुनिश्चित गर्न चाहेको बताएको छ।

अदालतहरू नियन्त्रण गरेर नेतान्याहुले आफ्नो विरुद्धको भ्रष्टाचार मुद्दाहरूबाट बच्न चाहेको विपक्षीहरूको आरोप छ । नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ तर उनले ती आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप