आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

ललितले दिलाए नेपाललाई पहिलो सफलता

सोमबार, २९ फागुन २०७९, ०९ : ४६
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि ललित नारायण राजवंसीले चौथो ओभरको चौथो बलमा किप्लिन दोरिगालाई बोल्ड गराएका हुन् । दोरिगा २ रन बनाएर आउट भए ।

सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा जित निकाल्ने दबाब छ । आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप