प्रधानमन्त्री प्रचण्डसँग मत माग्न जाँदै उपराष्ट्रपतिका उम्मेदवार यादव
सोमबार, २९ फागुन २०७९, ११ : १०
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव आफ्नो लागि मत माग्नका लागि प्रधानमन्त्री प्रचण्डकहाँ जान लागेका छन् । जसपाका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर मत मागिसकेका छन् ।
‘प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आजै समय दिनुभएको छ उहाँसँग मत माग्नका लागि जान लागेको छु,’ उम्मेदवार यादवले रातोपाटीसँग भने ।
अन्य दलसँग पनि समय लिन लागेको बताउँदै उनले सम्भवतः आजै दलका नेता तथा सांसदसँग भेट्ने बताए । आफू गठबन्धनको साझा रहेको बताउँदै सम्पूर्ण दल आफूलाई सहयोग गर्ने उनले बताए ।