महिला न्यायाधीशलाई धम्की दिएपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानविरुद्ध गैर जमानती वारेन्ट जारी
सोमबार, २९ फागुन २०७९, १६ : ३७
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा गैर जमानती वारेन्ट जारी गरिएको छ । पाकिस्तानको राजधानी इस्लामाबादको एक अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको मामिलामा तहरिक –ए – इंसाफका प्रमुख इमरान खानविरुद्ध गैर जमानती गिरफ्तारी वारेन्ट जारी गरेको हो ।
अदालतले प्रहरीलाई इमरान खानलाई २९ मार्चमा अदालतले पेस गर्न निर्देशन दिएको छ ।
यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइका बेला इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।
अदालतले अदालतको समयसम्म पर्खने र इमरान खान उपस्थित नभए उनी विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरिने बताएको छ ।