सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘बुलाकी’ को पहिलो गीत ‘नाच सुवा नाच’

सोमबार, २९ फागुन २०७९

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनीत फिल्म ‘बुलाकी’ को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेको समेत अभिनय देख्न सकिन्छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मको गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर दिएका छन् । लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा कथा बनाइएको छ । 

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास लगायतको फिल्ममा अभिनय छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्म डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा छायांकन भएको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्मको वितरण त्रिनेत्रम् र एफडी गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया