आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने देउवाको प्रतिबद्धता

सोमबार, २९ फागुन २०७९, १६ : ५४
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता जनाएका हुन् । 

सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै जसपाका नेताहरूले सभापति देउवालाई भेटेका हुन् ।

भेटघाटका क्रममा सभापति देउवाले संघीयता, गणतन्त्र, लोकतन्त्र र देशको हितका निमित्त आफ्नो र आफ्नो दलको सम्पूर्ण मत सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई जाने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले बताए । देउवासँग देशको वर्तमान राजनीतिक स्थितिलगायत अन्य समसामायिक विषयमा पनि छलफल भएको उनले बताए । 

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका थिए ।

उनले आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप