आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

मङ्गलबार, ३० फागुन २०७९, ०९ : २१
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । शहीद स्मारक ए डिभिजन फुटबल अन्तर्गत आज ३ खेल हुँदै छन् । एक खेल च्यासल मैदानमा हुनेछ भने दुई खेल दशरथ रङ्गशालामा हुनेछन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । सङ्कटा आज दोस्रो जितको खोजीमा हुनेछ । 

सङ्कटा ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । 

यस्तै रङ्गशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । रङ्गशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप