आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई जीत निकालेर नेपाली यु–२० महिला टोली स्वदेश फर्कियो

मङ्गलबार, ३० फागुन २०७९, ०९ : २७
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ ।

एसियन कप छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राति २ बजे स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । 

समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो । 

युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप