आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुम्लाका एक युवा होटेलमा मृत फेला

मङ्गलबार, ३० फागुन २०७९, ०९ : ४२
मङ्गलबार, ३० फागुन २०७९

जुम्ला । जुम्लामा एक युवा होटेलभित्र मृत अवस्थामा फेला परेका छन्। बाजुरा जिल्ला जगनाथ नगरपालिका (६ कोटगाटी गाउँका वर्ष २८ का धिरज विष्ट मृत अवस्थामा फेला परेका हुन्। 

मंगलबार बिहान ७ बजे श्रीमती उज्जनाले उठाउन जाँदा मृत भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। उनले भनिन् श्रीमती उज्जना बुढाका अनुसार बेलुका मादक पदार्थ सेवन गरेर सुतेका थिए। उनी श्रीमतीको स्वास्थ्य उपचार गर्न जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए। 

उज्जनाको पाठेघर र छालाको उपचार गर्न आएको रिजालले बताइन् । चन्दननाथ ४ मा अवस्थित तिला कर्णाली अर्ग्यानिक होटेलमा आइतबारदेखि बास बसेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप